तेक्वान्दो उपाध्यक्ष विभूषित 

राष्ट्रपति विद्यादेवी भण्डारीबाट शुक्रवार विभिन्न खेल व्यक्तित्व पनि पूर्व घोषित मानपदवीबाट विभूषित भएका छन् । यस क्रममा नेपाल तेक्वान्दो सङ्घका उपाध्यक्ष भरत महर्जन प्रबल जनसेवा श्री चतुर्थबाट विभूषित भए ।
सुमेरु ग्रुपका अध्यक्ष महर्जन सातदोबाटोको प्रहरी वृत्तको भवन, सातदोबाटो चोकमा रहेको ट्राफिक चौकी निर्माण तथा ललितपुर नगरपालिका वडा २३ को वडा भवन निर्माणमा महर्जनको ठुलो भूमिका रहेको छ । साथै नेपाली तेक्वान्दोको विकासमा पछिल्लो समय महर्जनको भूमिका महत्त्वपूर्ण रहँदै आएको छ । थुप्रै मठ मन्दिर निर्माणमा उनको त्यत्तिकै भूमिका रहेको छ ।
Comment