स्टार कराँते जोडी पुत्री लाभले खुसी

कराँतेका स्टार खेलाडी लेखनाथ मैनाली र रिता कार्कीलाई पुत्री लाभ भएको छ । कराँते राष्ट्रिय टोलीमा लामो समय रहेको लेखनाथ रिताको जोडीले आफूहरू खेलमै समर्पित भएका कारण बच्चाको जीवन पनि खेलकुदमै बित्ने सम्भावना भए पनि कुनै पनि अभिभावकले यसमा जोड दिन नहुने बताउँछन् । लेखनाथले परिवार पूर्ण भएको बताउँछन् । आर्मी अस्पतालमा छाउनीमा रिताले पुत्रीलाई जन्म दिएकी हुन् ।
मैनाली कार्की जोडीको यी नि दोस्रो सन्तान हुन् । उनीहरूका एक छोरा छन् ।
Comment