प्रशिक्षक दीपेन्द्रमा श्रद्धाञ्जली


राष्ट्रिय खेलकुद परिषद्मा कार्यरत कराँते सहायक प्रशिक्षक स्व. दीपेन्द्रमान श्रेष्ठलाई बिहीबार राखेपमा श्रद्धाञ्जली अर्पण गरिएको छ ।
स्व. श्रेष्ठको तस्बिरमा राष्ट्रिय खेलकुद परिषद् कार्यकारी समितिका सदस्य एकेन्द्र कुवर, नन्दा बस्याल, सचिव एवं प्रशासन प्रमुख कुल बहादुर थापा, कर्मचारी प्रशासनका प्रमुख विनोद कुमार उप्रेतीलगायत कर्मचारीहरूले फुल, माला र अबिर लगाई श्रद्धाञ्जली अर्पण गरेका थिए । मुटु, कलेजो र फोक्सोको समेत बिमारी रहेका श्रेष्ठको २३ गते सोमबारका दिन बेलुका निधन भएको राखेपका कराँते प्रशिक्षक सन्तोष श्रेष्ठले जानकारी गराए ।
२०३५ साल ज्येष्ठ १५ गते काठमाण्डौमा जन्मेका श्रेष्ठ २०६६ वैशाख २३ गते मासिक ज्यालादारीमा परिषद्मा नियुक्ति भई २०६८ भाद्र ९ गते देखि करारमा कार्यरत रहेका थिए ।

Comment