एलजी र आयोजक टीम सेभेन–ए–साइड फुटबलको फाइनलमा

पोखरा
एलजी एशोसिएसन र आयोजक इन्द्रेणी क्लब पोखरामा जारी दशौं जेसीबी इन्द्रेणी एकीकृत खुल्ला सेभेन–ए–साइड फुटबल प्रतियोगिता–२०७१ को फाइनलमा प्रवेश गरेका छन्।
इन्द्रेणी एकीकृत विकास केन्द्र बगर टुँडिखेलको आयोजनामा टुँडिखेल मैदानमा शनिबार भएको पहिलो सेमिफाइनल खेलमा एलजी एशोसिएसनलेएसवाईसी बि–१३ लाई १–० ले पाखा लगायो। एलजीको जीतमा म्यान अफ दी म्याच सिद्धार्थ रञ्जितले दोस्रो हाफको १५ मिनेटमा निर्णायक गोल गरेका थिए।
दोस्रो खेलमा आयोजक इन्द्रेणी क्लबले विष्णुपादुका क्लब हेमजालाई टाइब्रेकरमा २–१ ले पराजित ग¥यो। निर्धारित समय गोलरहित बराबरीमा सकिएपछि खेल टाइब्रेकरमा पुगेको थियो। टाइब्रेकरमा विष्णपादुकाको लागि विशाल थापाको प्रहार गोलमापरिणत भयो भने सुविन श्रेष्ठको प्रहार बाहिरिएको थियो। यस्तै आयोजक इन्द्रेणीको तर्फबाट विश्वास श्रेष्ठ र सौरव मगरको दुवै प्रहार गोलमा परिणत भएको थियो। सो खेलमा आयोजक इन्द्रेणीका गोलकिपर बाबु मगर म्यान अफ दी म्याच घोषित भए।
प्रतियोगितामा विजेता टीमलाई एक लाख एक हजार १० तथा उपविजेता टीमलाई नगद ५१ हजार १० रुपैयाँ, शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिने छ। यस्तै अनुशासित टीम, बेस्ट प्लयेर, बेस्ट गोलकिपर, बेस्ट डिफेण्डर, बेस्ट मिडफिल्डर, बेस्ट फरवार्ड र हाइस्कोररलाई जनही पाँच हजार १० रुपैयाँ प्रदान गरिने छ।
बचत रकममध्ये ५० प्रतिशत रकम गाईघाटमा रहेको केन्द्रको ३५ रोपनी जग्गामा इन्द्रेणी ज्येष्ठ नागरिक गृह बनाउने काममा लगानी गर्ने, २५ प्रतिशत रकम खेलकुद क्षेत्रमा लगाउने र २५ प्रतिशत रकम कार्यालय सञ्चालन गर्न खर्च गरिने छ।
यसैबीच शनिबार फाइनलअघि नेपाल खेलकुद पत्रकार मञ्च कास्की र आयोजक इन्द्रेणी क्लबबीच मैत्रीपूर्ण फुटबल खेल हुने इन्द्रेणी एकीकृत विकास केन्द्रका अध्यक्ष भानुभक्त अधिकारीले जानकारी दिए।

Comment