नवयुगको दुई गोलमा आर्मीको सानदार जित


एक गोलले पछि परेको नेपाल आर्मी क्लब कम ब्याक गर्दै एएफसी कप पहिलो चरणको खेलमा श्रीलङ्का पुलिसलाई ५–०ले हराउन सफल भएको छ । बुधवार दशरथ रंगशालामा भएको खेलमा भ्रमणकारी टोलीले २८ औ मिनेटमा इभान्स अस्टानेको गोलमा अग्रता लिएको थियो ।
सन्तोष तामाङले ४१ ऋौ मिनेटमा डिबक्स बाहिर बाट हाफ भली प्रहारमा सानदार गोल गरे पछि आर्मी खेलमा फर्किएको थियो । त्यसको दुई मिनेट पछि भरत खवासको पासमा नवयुग श्रेष्ठले गोल गर्दै आर्मीलाई अग्रता दिलाए । ५० औ मिनेटमा टङ्क बस्नेतले गोल गरे ।
श्रीलङ्काको टोलीले गोल अन्तर कम घटाउने सम्भावना नदेखिएको होइन । तथापि अस्टानेको प्रहार क्रस बारमा लागेर खेर गएको थियो । ८३ औ मिनेटमा सुदिल राईले गोल गरे भने श्रेष्ठले इन्जुरी टाइममा गोल गरे ।

Comment