एसियन स्की च्याम्पीयनशिपमा नेपालको सहभागिता

sky news edited

आगामी  मार्च १ देखी ५ तारिखसम्म दक्षिण कोरियामा हुने २४ औँ एसियन स्की च्याम्पीयनशिपमा नेपालको पनि सहभागिता रहने भएको छ । नेपाली टोली शनीबार त्यस तर्फ प्रस्थान गर्यो । च्याम्पियनशिपमा नेपालको तर्फबाट विवश लामा, टेम्वा लामा शेर्पा, प्रवीण कर्माचार्य, सफलराम श्रेष्ठ र प्रगुन महर्जनले सहभागिता जनाउने एशोसिएसनका अध्यक्ष जीवनराम श्रेष्ठले जानकारी दिए । टोलिको प्रशिक्षक रामप्रसाद गुरुङ र नेतृत्व विजय श्रेष्ठले गर्ने छन् ।
सहभागिताको सवालमा कार्यक्रममा नेपाल ओलाम्पीक कमिटीका अध्यक्ष धुव्रबहादुर प्रधानले नेपालमा अन्य मौसममा खेल्ने खेलहरु प्रयाप्त भएपनि जाडोमा खेलिने खेलहरुको विकास हुन नसकेको वताए । स्की संघका अध्यक्ष श्रेष्ठले नेपालका तर्फबाट स्की खेलाडीहरुले इतिहाँसमै पहिलो पटक यशियन च्याम्पीयनशिपमा सहभागिता जनाउने अवसर पाएको वताए । यसपटको अनुभवले अगामी दिनमा सफलता प्राप्त गर्न ठुलो सहयोग पुग्ने श्रेष्ठको बिश्वास छ ।
दक्षिण कोरियाको योङपोरोङ स्की रिसोर्टमा प्रतियोगिता हुनेछ । शुक्रबार टोलीको विदाइ भयो ।

Comment