किरणको नेतृत्वमा नेपाली टोली


नेपाली राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक बालगोपाल महर्जनले मंगलबारबाट सुरु हुने थ्री नेसन्स कपमा नेपाली टोलीको नेतृत्व गोलकिपर किरण चेम्जोङले गर्ने जनाएका हुन् । सोमबार भएको पत्रकार सम्मेलनमा उनले प्रशिक्षक महर्जनजले यो वताएका हुन् । उनले तीन महिनादेखि निरन्तर अभ्यास गरिरहेको भन्दै नेपालले उत्कृष्ट खेल प्रदर्शन गर्ने बताए ।
महर्जनले नोभेम्बरमा बंगलादेशमा सम्पन्न दुई मैत्रिपूर्ण खेलमा सोचे अनुरुप प्रदर्शन गर्न नसके पनि घरेलु मैदानमा भएकाले नेपाली समर्थकलाई निराश नबनाउने वताए । यस्तै प्रि–म्याच कन्फरेन्समा बोल्दै टोलीका उपकप्तान रोहित चन्दले लामो समयपछि मैदान फर्कन पाउँदा टोली निकै उत्साही भएको बताए ।
यस्तै बंगलादेश र किर्गिस्तानका प्रशिक्षक र कप्तानले पनि तयारी राम्रो गरेको भन्दै राम्रो नतिजाका लागि खेल्ने बताए ।

 

Comment