पोखरामा पाराग्लाइडिङको प्रि–वल्र्डकप

pokhara para gliding

पोखरा
दुईदिनसम्म नखुलेको आकाश हेर्दै पाराग्लाइडिङ पाइलट निकै तनावमा थिए । शुक्रबार बिहानै हिमाल खुलेपछि पाइलट प्रफुल्लित भए । बिहान १० बजे सराङकोटमा पुगे। अनि आफ्नो ग्लाईडर मिलाएर आकाशमा उडे। विभिन्न ३६ देशका पाइलटले शुक्रबार सराङकोटबाट उडान थाल्दा नेपाल हवाई खेलकुद संस्था (ना) पाराग्लाइडिङको प्रि–वल्र्डकप सुरु भएको उद्घोष ग¥यो। पाइलटले आफ्नो अनुकूलमा उडान भरे। कोहीले लामो समय आकाशमा विताए भने कोहीले उडेर केही फन्को मारेर अवतरण गर्दै दोस्रो उडानको लागि तयार भए।
शुक्रबारदेखि औपचारिक रूपमा पोखराको सराङकोटमा प्याराग्लाइडिङको प्रि–वल्र्डकप सुरुवात भयो। प्रतिस्पर्धा भने शनिबारदेखि हुने छ । शुक्रबार सबै पाइलटले परीक्षण उडान गरे। ‘अभ्यास खेलको रूपमा प्रतियोगिता सञ्चालन भएको प्रि–वल्र्डकपका संयोजक एवं नाका उपाध्यक्ष सोवित बानियाँले बताए । उनका अनुसार सहभागी प्रतियोगीलाई कोर्ड नम्बरमा ग्लोवल पोजिसन सिस्टम (जिपिएस) सेट गरिएको छ । शुक्रबार सबै जसो उडान सफल भएको नाले जनाएको छ।
मौसमको अध्ययन गर्दै प्राविधिक टोलीले सराङकोट, अर्मला, ढिकीडाँडा र तोरीपानीको क्षेत्रलाई लक्षित गरी ६२.८ किलोमिटर दूरी क्रस कन्ट्रीको आधारमा निर्धारण गरेको नाका प्राविधिक उपाध्यक्ष रविन गुरुङले जानकारी दिए। शुक्रबारको उडानलाई ¥याङकिङ नहुने समेत उनको भनाइ थियो। गुरुङका अनुसार शनिबारदेखि उनीहरूको प्रतियोगिताको नम्बर मान्यता हुने छ। प्याराग्लाइडिङ प्रि–वल्र्ड कप हेर्न सराङकोटदेखि फेवाताल छेउको क्षेत्रमा दर्शकको बाक्लो सहभागिता रहेको थियो।
फागुन २१ गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगितामा एक सय ७० राष्ट्रका दुई सय बढी पाइलटबाट उनीहरूको ¥याङकिङको आधारमा छनौट गरिएको बानियाँले जानकारी दिए। १२ नेपाली पाइलटले सहभागिता जनाएका छन्।१८ जना विदेशी महिला सहभागी जनाएको नाका अध्यक्ष योगेश भट्टराईले बताए।
प्रि–वल्र्ड कपको विजेताले उपाधिसहित ५० हजार, उपविजेताले ४० हजार र तेस्रो हुनेले ३० हजार साथमा ट्रफी, मेडल प्रमाणपत्र प्राप्त गर्नेछ। त्यसै गरी ओभरल वुमन, ओभरअल नेपाली र स्पोटर्स क्लासका विधामा विजेता हुनेले ३० हजार, उपविजेता हुनेले २० हजार र तेश्रो स्थान हासिल गर्नेले भने १०÷१० हजारको साथमा ट्रफी मेडल प्रमाणपत्र प्राप्त गर्नेछन्। नाको आयोजनामा यसअघि प्रि–वल्र्ड कपको मान्यता प्राप्त गर्न फेडेरेशन एरोनोटीक इन्टननेशनल (एफएआई) को क्याटगोरी–२ च्याम्पियनसीप गरिएको थियो।
नेपालमा लगातार दुई पटक अन्तर्राष्ट्रियस्तरको उक्त प्रतियोगिता आयोजना गरेकोले सन २०१५ फेब्रुअरी महिनाको २७ तारिखदेखि मार्च ५ तारिखसम्म प्रि–वल्र्ड कप आयोजना गरिएको नाका महासचिव बसन्तराज दवाडीले जनाए।
प्रि–वल्र्ड कप पोखरामा सफलता पूर्वक सम्पन्न गराउन सफल भएको खण्डमा नेपालले वल्र्ड कप नै आयोजना गर्न बाटो खुन्ने प्रतियोगिताका संयोजक बानियाँले बताए। यसमा भने नेपाल सरकारले पहल गर्नुपर्दछ । नाको आयोजनामा पोखरामा १५ औं संस्करणको नेपाल खुल्ला पाराग्लाइडिङ प्रतियोगिता समेत आयोजना भइसकेको बानियाँले बताए। पाइलटहरूले सराङकोटको १४ सय ५० मिटरको उचाईबाट उडान भरी तोकिएको निर्धारित पोखरा क्षेत्रको तोकिएको विन्दु पार गरेर फेवाताल नजिकको चाटवटा ठाउँमा अवतरण गर्ने व्यवस्था मिलाइएको छ ।तस्बिर सौजन्य ः दिनानाथ बराल

Comment