वडा ५ लाई स्वर्ण

भक्तपुर नगरपालिका वडा ५ ले भ्याली कन्स्ट्रक्सन देशव्यापी अन्तर वडा टेबल टेनिस प्रतियोगिताको महिला टिम इभेन्ट्समा मङ्गलवार स्वर्ण जितेको छ ।
स्पिन इभेन्ट प्रालि को आयोजनामा भइरहेको प्रतियोगिताको फाइनलमा वडा २ ले भक्तपुर नगरपालिकाको वडा २ लाई ३–२ ले पराजित ग¥यो । काठमाडौँ महानगरपालिका वडा २ र ललितपुर महानगरपालिका वडा १२ संयुक्त रूपमा तेस्रो भए ।
लैनचौरस्थित राष्ट्रिय टेबल टेनिस प्रशिक्षण केन्द्रमा भइरहेको प्रतियोगिताको पुरुष टिम इभेन्ट्समा ललितपुर महानगरपालिका वडा १९ले सोही नगरपालिका वडा ८ लाई ३–२, धरान उपमहानगरपालिका वडा ९ ले ललितपुर वडा ७ लाई ३–१, धरान वडा १२ ले भक्तपुर वडा ५ लाई ३–२ तथा विराटनगर महानगरपालिका वडा ३ ले ललितपुर वडा १२ लाई ३–१ को सेटमा हराउँदै सेमिफाइनलमा स्थान सुरक्षित गरे ।
Comment