सातदोबाटो बि डिभिजन लिग च्याम्पियन

 माल्दीना एनथोपोको गोलमा आरसीटीलाई १–०ले  पराजित गर्दै सातदोबाटो यूथ क्लब बि डिभिजन लिग फुटबलको उपाधि विजेता बनेको छ । एनथोपोले ६७ औ मिनेटमा गोल गरेका थिए । उपाधिधारी सातदोबाटोले १५ लाख तथा उप विजेता खुमलटार यूथ क्लबले १० लाख रुपैयाँ पुरस्कार पाए । तेस्रो भएको बाँसबारीले ८० हजार तथा चौथो भएको ब्वाइज युनियनले ५० हजार रुपैयाँ पुरस्कार पाए ।फेयर प्ले अवार्ड बापत ब्वाइज युनियनले थप २५ हजार रुपैयाँ पायो ।
खुमलटारका अञ्जल श्रेष्ठ उत्कृष्ट गोलरक्षक तथा सविन केसी उत्कृष्ट फरवार्ड भए । ब्वाइज युनियनका शिव गुरुङ उत्कृष्ट रक्षक भए । सातदोबाटोका दिनेश राई उत्कृष्ट मिडफील्डर तथा सनोज श्रेष्ठ उत्कृष्ट प्रशिक्षक भए । व्यक्तिगत विधातर्फ उत्कृष्ट हुने सबैले  व्यक्तिगत २५ हजार रुपैयाँ पुरस्कार पाए । बिहीबार यो भन्दा अघि भएको खेलमा मध्यपुर यूथ एसोसिएसनले झम्सीखेल यूथ क्लबलाई २–१ ले हरायो ।
Comment