राजेन विजयी

राजेन लामाले प्रथम चक्र लामा÷किसन लामा स्मृति राष्ट्रव्यापी खुला स्नुकर प्रतियोगितामा शनिवार जित हात पारेका छन् । राजेनले निरजमान सैजुलाई ३–० ले पराजित गरे ।
त्यस्तै छिरिङ डेन्डुपले हिमाल भट्टराईलाई ३–१, नितेशराज भण्डारीले अभिषेक पाण्डेलाई ३–२, राजेन्द्र श्रेष्ठले गणेश अर्याललाई ३–० तथा अमिर श्रेष्ठले पेम्बा शेर्पालाई ३–० ले हराए ।
Comment