एपीएफलाई दुई खेल अगावै उपाधि

महिला राष्ट्रिय लिग फुटबलको बुधवार भएको खेलमा एपीएफले विराटनगर नगरपालिका माथि १–० को सङ्घर्षपूर्ण जित हात पारेको छ ।  यस अघि भएको खेलमा  त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब बिच बराबरी भए पछि च्याम्पियन भइसकेर मैदानमा उत्रिएका एपीएफका लागि ५५ औ मिनेटमा अनिता केसी ले गोल गरिन् ।
जितपछि एपीएफ प्रशिक्षक भगवती थापाले जितका बाबजुद टोलीकी प्रमुख खेलाडी सावित्रा भण्डारी घाइते भएकोमा पूर्ण खुसी हुन नसकेको प्रतिक्रिया दिइन् ।
दुई खेल अगावै एपीएफले उपाधि जितेको हो ।
Comment