समाजसेवी भक्त बहादुरको स्मृतिमा चेस प्रतियोगिता हुँदै 

भक्त बहादुर तामाङ मेमो रियल रेपिड चेस प्रतियोगिता ७ र ८ फागुनमा आयोजक थापाथली चेस चेस पार्कको प्राङ्गणमा  हुने भएको छ । समाजसेवी ८३ वर्षीय तामाङको गत असोजमा निधन भएको हो । रोसी गाउँपालिका ३ का तामाङ समाजसेवीको रूपमा परिचित थिए ।
दिवङ्गत भक्त बहादुरका छोरा श्यामको प्रायोजनमा हुने  प्रतियोगितामा १सय जना भन्दा बढी खेलाडीको सहभागिता रहने छ । प्रतियोगिताको उपाधि विजेताले १५ हजार, उपविजेताले ७ हजार ,तेस्रो हुनेले ५ हजार,चौथो हुनेले ३ हजार,पाँचौ हुनेले २ हजार तथा छैटौँ देखि १० औ हुनेले १ हजार ५ सय रुपैयाँ प्राप्त गर्ने छन् ।
रेटिङ क्याटोगोरीमा १६०० मुनी, १८०० मुनी र अनरेटेडमा पहिलो हुनेले पनि १ हजार ५ सय रुपैयाँ पाउने छन् । यसै गरी, महिला, भेट्रान तथा १६०० मुनी पहिलो हुनेले पनि सोही बराबरको पुरस्कार पाउने छन् ।
प्रतियोगिताको दर्ता शुल्क ५ सय रुपैयाँ रहेको छ । इसेवा,आइएमइ,खल्ती तथा प्रभु पे मार्फत शरम जम्मा गर्न सकिने छ । यसका लागि प्रतियोगिताका आइटी प्रमुख तथा एन ए सुशील चौधरीको ९८६९०४०१७२  मार्फत तिर्न सकिने छ ।
प्रतियोगिताका प्रायोजक श्याम लामो समय देखि थापाथली चेस पार्क क्लबको विकास र विस्तारमा सक्रिय रहँदै आएका छन् । उनले आफ्ना बाबुको समाजसेवीको रूपमा रहेको छविलाई कायम राख्ने तथा आफू पनि समाजमा सकारात्मक काम गर्नुका साथै आफ्ना बाबुले जस्तै दुखीहरूको सेवा समर्पित हुँदै अरूलाई खुसी दिन लागी रहने बताएका छन् ।
Comment