चन्द्रपुरको सानदार जित

चन्द्रपुर नगरपालिकाले महिला राष्ट्रिय लिग फुटबलमा पहिलो जित हात पारेको छ । सोमबार भएको खेलमा चन्द्रपुरले चौधण्ढीगढी नगरपालिकालाई ७–१ ले पराजित गरेको छ । चन्दपुरकी सविता राना मगरले ह्याट्रिक गरिन् । अञ्जना थुलुङको गोलमा चौधण्ढीगढीले पहिलो अग्रता लिए पनि चन्द्रपुर सानदार पुनरागमन गर्न सफल भयो ।
चन्द्रपुरका दिल कुमारी रानाले दुई गोल गरिन् भन् बाँकी गोल रजनी थोकर र सुनिता भोलनले गरे । चन्द्रपुरका प्रशिक्षक नुरराज काफ्लेले रक्षापक्तिको गल्तीले पहिलो गोल खाए पनि उत्तरार्धको प्रदर्शन उत्कृष्ट रहेको प्रतिक्रिया दिए ।
Comment