एपीएफ र आर्मीको फराकिलो जित

सावित्रा भण्डारीको सानदार प्रदर्शनमा एपीएफले महिला राष्ट्रिय लिगमा विराटनगरलाई ७–०ले पराजित गरेको छ । आइतबार एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा विजयी टोलीका अनिता केसीले दुई गोल तथा सरु लिम्बुले एक गोल गरे ।
छैटौँ मिनेटमा सुरुवाती गोल गरेकी अनिताले ८० औ मिनेटमा अर्को गोल गरिन् ।सावित्राले २५औ,४२ औ,७४ औ र ८९ ओ मिनेटमा गोल गरिन् । सरुले ७२ औ मिनेटमा  गोल गरिन् ।
आइतबार अर्को खेलमा त्रिभुवन आर्मी क्लबले वालिङ नगरपालिकालाई पनि सोही गोल अन्तरले हरायो ।
आर्मीलाई जित दिलाउने क्रममा विमला चौधरीले ह्याट्रिक गरिन् । दीपा राई? शर्मिला थापा,हेमा चौधरी र भुजंगा राईले थप गोल गरे । १५ औ मिनेटमा विमलाको गोलमा अग्रता लिएको आर्मीका लागि २६ औ मिनेटमा दीपा तथा पूर्वाधको अन्तिम समयमा शर्मिलाले गोल गरे ।
विमलाले ६६ औ तथा ७५ औ मिनेटमा थप गोल गरिन् । हेमाले ८९ औ तथा भुजंगाले ९२ औ मिनेटमा गोल गरे ।
Comment