पुलिसको फराकिलो जित

महिला राष्ट्रिय लिग फुटबलको बिहीबार भएको खेलमा नेपाल पुलिस क्लबले चौधण्ढीगढी नगरपालिकालाई  ६–० ले  पराजित गरेको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा खेलिएको खेलमा विजयी टोलीका रेखा पौडेल र सृजना खड्काले दुई दुई गोल गरे भने अमृता जैसी र निर्मला विकले थप गोल गरे ।
खेलको २८ ओ मिनेटमा रेखाले पहिलो गोल गरिन् । उनैले ८९ ओ मिनेटमा पनि गोल गरिन् । ४१ औ मिनेटमा अमृताले गोल गरेको खेलको पूर्वार्धकै इन्जुरी समयमा निर्मलाले गोल गरिन् । ४५ औ मिनेटमा गोल गरेकी सृजनाले उत्तरार्धको इन्जुरी समयमा गोल गर्दै टोलीलाई फराकिलो जित दिलाइन् ।
विजयी टोलीका प्रशिक्षक सञ्जीव जोशीले टोलीको प्रदर्शनमा खुसी व्यक्त गरे ।
Comment