एपीएफको फराकिलो जित

महिला राष्ट्रिय लिग फुटबलको बिहीबार भएको खेलमा सावित्रा भण्डारीको ह्याट्रिकमा एपीएफले चन्द्रपुर नगरपालिकालाई ६–० ले  पराजित गरेको हो । एन्फा कम्प्लेक्स सातदोबाटोमा खेलिएको खेलको १४ ओ मिनेटमा अञ्जली योञ्जनको पासमा सावित्राले पहिलो गोल गरिन् । २२ औ मिनेटमा योञ्जनले आफैले गोल गरिन् । ६२औ मिनेटमा अनिता बस्नेतको पासका सावित्राले गोल गरिन् भने त्यसको दुई मिनेट पछि सावित्राको पासमा अनिताले गोल गरिन् । सावित्राले ७२औ मिनेटमा ह्याट्रिक गरिन् ।
प्रीति राईले टोलीको अन्तिम गोल गरिन् । एपीएफकी प्रशिक्षक भगवती थापाले आफ्नो टोलीले विजयी सुरुवात गरेकोमा खुसी व्यक्त गदै पहिलो खेल सधैँ महत्त्वपूर्ण हुने बताइन् । चन्द्रपुरका प्रशिक्षक नुरराज काफ्लेले आफ्ना टोलीका खेलाडीमा फिटनेसको समस्या रहेको बताउँदै उत्तरार्द्धमा समीक्षा घिमिरेले चोट बोक्दा थप समस्या भएको बताए ।
बिहीबार भएको अर्को खेलमा वालिङ नगरपालिका र विराटनगरपालिका बिचको खेल १–१ गोलको बराबरीमा सकिएको छ । वालिङले सम्झना शर्माको गोलमा दोस्रो मिनेटमै अग्रता लिए पनि ६८ औ मिनेटमा विराटनगरका लागि आशा कुमारीले गोल गरिन् ।
Comment