हाप्कीडोको बाग्मती प्रदेश सङ्घ गठन

जीवन थापा मगरको अध्यक्षतामा बाग्मती प्रदेश मार्सल आर्ट्स हाप्कीडो एसोसिएसन गठन भएको छ । काठमाडौँमा भएको साधारण सभाले मनोज गुरुङ र मञ्जु थापा मगरलाई उपाध्यक्ष चयन गरेको छ । जनक थापा सचिव र कल्याण राना कोशाध्यक्ष भए । यसै गरी, अविनाश थापा मगर,चिरन थापा मगर,सगुन थापा, अञ्जना थापा र रमिला खत्री सदस्यमा निर्वाचित भए ।
साधारण सभा राष्ट्रिय खेलकुद परिषद्का सदस्य पुरेन्द्र विक्रम लाखेको प्रमुख आतिथ्यमा भएको थियो ।
Comment