टेबल टेनिसमा डबल ह्यापिनेस र लिनिंगको साथ 

बुटवलमा आगामी माघ २ र ३ गते बुटवल ओपन क्यास प्राईज एन्ड स्कुल लेभल टेबल टेनिस प्रतियोगिता हुने भएको छ । प्रतियोगिताको प्रायोजक डबल ह्यापिनेस स्पोर्ट्स ब्रान्ड र लिनिंग रहेका छन् ।
बुटवल टेबल टेनिस एकेडेमी बुटवल ११ देव नगरको आयोजनामा सञ्चालन हुने लागेको प्रतियोगिता तयारी तीव्र पारेको आयोजकले पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिएको छ ।
विद्यालय तह देखि नै खेलाडी उत्पादन गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगितामा अन्डर १४ व्याईज सिङ्गल, अन्डर १८ व्वाईज सिङ्गल, मेन्स ओपन र ओमेन्स ओपनका खेलहरू सम्पन्न हुनेछन् । देविनगर स्थित एकेडेमीकै कभर्ड हलमा हुने प्रतियोगितामा १ सय ५० टिमको सहभागिता हुने कार्यक्रम संयोजक प्रज्वल श्रेष्ठले जानकारी दिए ।
प्रतियोगितामा ओपन तर्फ प्रथम हुनेले नगद १० हजार, द्धितियले ५ हजार तथा तृतीयले २५ सय प्राप्त गर्नेछन् । त्इसैगरी ओमेन्स ओपन तर्फ प्रथमले ५ हजार, द्धितियले २५ सय र तृतीयले १५ सय प्राप्त गर्ने आयोजकले जानकारी दिएको छ ।
यसै गरी अन्डर व्याईज सिङ्गल प्रतियोगितामा प्रथम हुनेले नगद ३ हजार प्राप्त गर्नेछन् । त्यस्तै द्धितिय र तृतीयले क्रमशः नगद २ हजार र १ हजार प्राप्त गर्नेछन् । त्यस्तै अन्डर १८ व्वाईज सिङ्गलमा प्रथम हुनेले ४ हजार, द्धितिय हुनेले २ हजार र तृतीय हुनेले १ हजार प्राप्त गर्नेछन् ।
Comment