नेपाली खेलाडीको सानदार प्रदर्शन

७ औँ नाशिमुरा कप अनलाइन कराँते च्याम्पियनसिपमा नेपालले सानदार प्रदर्शन  गरेको छ । नेपाली टोलीले १६ स्वर्ण, १२ रजत र ७ कांस्य पदक जित्ने सफल भएको छ ।
३० अक्टोबर देखि १ नोभेम्बर सम्म फिलिपिन्स कराँते लिगको आयोजनामा यो अनलाइन कराँते च्याम्पियनसिप सञ्चालन भएको हो ।  फिलिपिन्स कराँते  लिग डेनिस  अकुइनोको अध्यक्षतामा रहेको संस्था हो । सो च्याम्पियनसिपमा नेपालको प्रदर्शन प्रदर्शन उल्लेख्य रहेको अन्तर्राष्ट्रिय निर्णायक तथा प्रशिक्षक रबी साहीले जानकारी दिए ।
प्रतियोगितामा नेपालका रवीन्द्र मानन्धर, सुभाष घताने, सुभाष कार्की, मनीष कार्की, शङ्कर घर्ती मगर, अनुभा मंग्रान्ती, सुबिता गौतम, गरिमा मगर, रोशमा राई, रिना श्रेष्ठ, सज्नु  देशार र  मिस्ली श्रेष्ठले  स्वर्ण पदक जिते ।
जगत सिंह धनुक, स्वनिम मानन्धर, न्यान्सी छेत्री, न्हुजः मान शाक्य, रुद्राक्ष देवकोटा ,निता आचार्यले रजत पदक जिते । यसै गरी,जुलियाना मोक्तान, डिप्सन सापकोटा, हेरेन्जेन लामा, आरव देवकोटाले कांस्य पदक जितेका छन् ।
पुरुष  ३७ देखि ४५ उमेर समूहको एडवाच मास्टर कातामा रवीन्द्र मानन्धरले स्विडेनका खेलाडी एन्टोन कुमरलाई हराएर प्रथम भए ।  पुरुष १०देखि १२ उमेर समूहको साइट कातामा नेपालकै  खेलाडी  न्हुजः मान शाक्य दोस्रो भए ।
पुरुष १३ देखि १७ वर्षको उमेर समूहको एडवाच कातामा नेपालकै  खेलाडी स्वनिम मानन्धर दोस्रो भए ।
पुरुष १८ देखि २५ उमेर समूहमा नेपालकै  जगत सिंह धनुकलाई हराउँदै सुभाष घताने पहिलो भए  । सा स्पर्धामा स्विडेन र  युएईका खेलाडी  तेस्रो भए । पुरुष उमेर समूह २५ देखि ३५  उमेर समूहमा स्विडेनको खेलाडी केन्टारो एरिक्सनलाई सुभाष कार्कीले हराएर पहिलो भए ।
मनीष कार्कीले पुरुष  १३ देखि २५ उमेर समूहको मध्यवर्ती कातामा फिलिपिन्सको खेलाडी म्याथी बाल्डेटामोनलाई पराजित गरे ।
शंकरले फिलिपिन्सको खेलाडी चाहतगट शिंगलाई हराए ७ वर्ष मुनिको मध्यवर्ती कातामा पहिलो स्थान पाए । सुबिता गौतमले फिलिपिन्सको खेलाडी मरिएल्ल उर्बनोलाइ हराएर यसै समूहको महिला तर्फ प्रथम  भइन् ।
महिला  १०देखि १२ वर्षको उमेर समूहको  नविक कातामा नेपालकै  न्यान्सी क्षेत्रीलाई हराउँदै अनुभा मंग्रान्ती पहिलो भइन् । सोही स्पर्धामा  इरान र  फिलिपिन्सका खेलाडी तेस्रो भए ।
महिला २६ देखि ३५ वर्ष उमेर समुहमा मिस्ली श्रेष्ठले स्वर्ण पदक जितिन् । उनले फाइनलमा फीलीपीन्सकी आजेन इन बोर्जालाई पराजित गरिन् ।   महिला १३ देखि १७ वर्षको एडवाच कातामा इन्डोनेसियाको  खेलाडी नबिला शकिला लिनोमेलाई  पराजित गर्दै  सज्नु देशार पहिलो भइन् । महिला १३ देखि १५ वर्षको नविक कातामा  स्विडेनको खेलाडी नाथली कोमरलाई पराजित गर्दै  गरिमा मगर पहिलो भइन् ।
१८ देखि २५ वर्षको  एडवाच कातामा नेपालकै निता आचार्यलाई हराएर  रोशमा राई पहिलो भइन् । सो स्पर्धामा स्विडेनका खेलाडी तेस्रो भइन् । महिलाकै २६ देखि ३५ वर्षको एडवाच कातामा फिलिपिन्सको खेलाडी हन्जेलन्न बोर्ज्रेलाई हराउँदै रिना श्रेष्ठ पहिलो भइन् ।
च्याम्पियनसिपमा  १६ देशका २३२ खेलाडी सहभागी थिए । सहभागी देशमा नेपाल, फिलिपिन्स, इरान, स्विडेन, जापान, क्यानडा, चिली, इटाली, मकाउ, युएई, इजिप्ट, संयुक्त राज्य अमेरिका,इन्डोनेसिया, सिंगापुर र हंगकंग थिए ।
चम्पियनशिपमा नेपालको तर्फबाट रबी साहीले संयोजनको  भूमिका निर्वाह गरेका थिए । उनले निर्णायकको भूमिका  पनि निभाएका थिए ।
Comment