गणेशलाई बधाई, प्रकाशलाई सहायक मुख्य प्रशिक्षकको जिम्मेवारी

राष्ट्रिय गोजुरियो कराँते सङ्घले अध्यक्ष गणेश कार्की नेपालका लागि मरिससका अवैतानीक वाणिज्यदुत नियुक्त भएकोमा बधाई ज्ञापन गरेको छ । सचिवालय बैठकले बधाई तथा सफल कार्यकालका लागि शुभकामना दिएको हो । यसै गरी,सङ्घ महासचिव प्रकाश चन्दलाई सहायक मुख्य प्रशिक्षकको जिम्मेवारी दिएको छ ।
लामो समय सुदूर पश्चिममा कराँतेको विकासमा अह म भूमिका निभाउँदै आएका उनी प्रशिक्षण, व्यवस्थापन र रेफ्रिको कार्यमा उत्तिकै दक्ष मानिन्छन् । उनले निरन्तर आयोजना गर्दै  आएको अन्तर्राष्ट्रिय प्रतियोगिताले  सुदूर पश्चिमलाई नेपालमा र अन्तर्राष्ट्रिय क्षेत्रमा परिचित गराउन सफल भएको छ ।
Comment