हिमाललाई पाचौ स्थान

himal
बंगलादेशमा सम्पन्न सहिद शेख मुनी स्मृती बुद्धीचाल प्रतियोगितामा नेपालका हिमाल लामाले पाचौ स्थान हात पारेका छन् । उनले नवौ तथा अन्तिम चरणमा आफ्नै भाइ विवेक लामाको सनसनीपूर्ण यात्राको अन्त्य गर्दै जित हात पारे । पछिल्ला केही महिना यता विवेकलाई हराउने हिमाल सबैभन्दा कम बरियताका खेलाडी हुन् । पराजय पछि विवेक १६दद औ स्थानमा सिमित भए । यसैगरी रुपेस जयसवाल आठौ स्थानमा सिमित भए । उनी अन्तिम चरणमा अहमद सफीकसंग बराबरीमा रोकिए । प्रतियोगितामा सानदार प्रदर्शन गरेका नेपाली खेलाडी रुपेसले ७६, हिमालले ५९ तथा विवकेले २६ रेटिंग बढाएका छन् ।
रुपेस पूर्व युथ च्याम्पियन हुन् भने उनले ओलम्पियाडको अनुभब गरिसकेका छन् । उनले सबै भन्दा महत्वपूर्ण उपाधिको रुपमा नेपाल बैक कपको उपाधि जितेका थिए । साथै बर्तमान राष्ट्रिय टिम च्याम्पियन गोल्डेनगेट चेस क्लबका सदस्य रुपेसले यस भन्दा अघि नै मच्छिन्द्र क्लबलाई राष्ट्रिय च्याम्पियनसीपको उपविजेता बनाउन महत्वपूर्ण भुमिका निभाएका थिए ।
बर्तमान युथ च्याम्पियन विवेकले एसियन युथमा छैटौ स्थान हात पारेका थिए भने गत महिना सम्पन्न  दिल्ली ओपनमा लगातार चार चरणसम्म अपराजित रहदै सनसनी फैलाउन सफल भएका थिए । उनले मच्छिन्द्र क्लबर्को  टिम च्याम्पियनसीपको सेमिफाइनल सम्मको यात्रामा महत्वपूर्ण भुमिका निभाएका थिए ।
सालीन ब्यक्तित्व हिमालले टिम च्याम्पियनसीपमा उत्कृष्ट प्रदर्शन गर्दै बत्तीसपुतली क्लबलाई सेमिफाइनलमा प्रबेश गराएका थिए । हाल यी तीनै खेलाडी गोल्डेनगेट चेस क्लबमा राष्ट्रिय च्याम्पियन केशब श्रेष्ठको प्रशिक्षणमा रहेका छन् । महांकाल माबीका उत्पादन विवेक र हिमालको सुरुवाती खेल जिवन देखि नै  त्यसै माबीका उत्पादन पूर्व राष्ट्रिय च्याम्पियन सुरबीर लामाको भुमिका पनि मत्वपूर्ण रहदै आएको थियो ।

Comment