सुरजको अग्रता

हिसान कप प्लस टु राष्ट्रिय बुद्धीचाल प्रतियोगितामा केएमसीका सुरज लोहनी ५ अंक सहित शिर्ष स्थानमा छन् । उनले चौथो चरणमा मनोज मर्हजन तथा पाचौ चरणमा एलन आंगदम्बेलाई हराए । यसैगरी प्रीमीयर कलेजका नवल घिमिरे र सिसिआरसीका राज प्रजापती ४.५ अंक सहित दोस्रो स्थानमा छन् । पाचौ चरणमा राजले मनोज मर्हजन तथा नवलले आरती पाण्डेलाई हराए ।
५३ खेलाडीको सहभागिता रहेको प्रतियोगिताको छैटौ तथा सातौ चरणको खेल शनीबार हुने छ ।

Comment