रुपेस कम उमेरमै शिर्ष नेपाली खेलाडी

rupesh editedसेख मुनी अन्तराष्ट्रिय बुद्धीचाल प्रतियोगितामा नेपालका युवा खेलाडी रुपेस जयसवालले पहिलो हार ब्यहोरेका छन् ।  सातौ चरणमा फीडे मास्टर रहमान साइद मुजाफुरसंग पराजयको  सामना गरेका रुपेसले आठौ चरणमा अभिक सरकारलाई हराए । यसैगरी, सातौ चरणमा फीडे मास्टर देवराज चटर्जीसंग पराजित विवकेले आठौ चरणमा मोहम्मद अमीनुल इस्लामलाई हराए । सातौ चरणमा अहमद सफीकलाई हराएका हिमाल आठौ चरणमा देवराज चटर्जीसंग पराजित भए । तीनै नेपाली खेलाडीको ६ अंक छ । अन्तिम तथा नवौ चरणमा रुपेसले अहमद सफीकसंग खेल्ने छन् भने विकेक र हिमालको विच खेल हुने छ । प्रतियोगितामा ग्रान्डमास्टर जिआउर रहमान ७.५ अंक सहित शिर्ष स्थानमा छन् । रहमानले रुपेससंग बराबरी गरेका थिए भने अन्य सबै खेलमा जित हात पारेका छन् ।
पछिल्लो समय उत्कृष्ट लयमा रहेका रुपेस नेपालका शिर्ष बरियताका खेलाडी हुने भने निश्चित भइसकेको छ ।  हाल गोल्डेनगेट कलेजका विद्यार्थी रुपेस २० बर्ष भन्दा कम उमेरमै शिर्ष बरियातका नेपाली खेलाडीको रुपमा कीर्तिमान रहने छ ।

Comment