बुद्धिचालमा चारको संयुक्त अग्रता

hisan cup chess
हिसान राष्ट्रिय खेलकुदको बुद्धिचालतर्फ तीन चरणको खेल समाप्तिसम्म सिसीआरसीका राज प्रजापती, केएमसीका सुरज लोहनी, प्रिमिीरका नवल घिमिरे र एडभान्सका मनोज मर्हजन तीन अंक सहित संयुक्त शीर्ष स्थानमा छन् । अग्रता कायम गर्ने क्रममा राजले दोस्रो चरणमा कर्साङ घिसिङ तथा तेस्रोमा किरण भट्टराइलाई हराए । यसैगरी, सुरजले दोस्रोमा गणेश पौडेल तथा तेश्रो आशिष दाहाललाई हराए ।
मनोजले दोस्रोमा पल्प पौडेल तथा तेस्रोमा राजेन्द्र राउतलाई हराए । नवलले दोस्रोमा प्रेम आले मगर तथा तेस्रोमा सञ्जय ढुंगानालाई हराए । सात चरणसम्म सञ्चालन हुने प्रतियोगितामा ५३ खेलाडीको सहभागिता रहेको छ ।

Comment