दावाले जिते स्वर्ण

४ देखि ७ जुन सम्म सञ्चालित भर्चुअल तेक्वान्दो च्याम्पियनसिपमा नेपालले दुई स्वर्ण, दुई रजत र एक कांस्य पदक जितेको छ ।


प्रतियोगितामा सञ्चालनमा सक्रिय नेपाली रेफ्रि अशोक खड्काले दिएको जानकारी अनुसार आइतबार नेपालले एक स्वर्ण पदक सहित दुई दुई रजत पदक जितेको हो ।


दावा शेर्पाले स्वर्ण पदक तथा अर्जुन तामाङ र सस्मिता केसीले रजत पदक जिते ।

Comment