नेपाली युवा खेलाडीको सानदार प्रदर्शन

rupesh edited
पछिल्लो समय सानदार फर्ममा रहेका नेपालका तीन युवा खेलाडीले बंगलादेशमा जारी शहिद सेख मुनी अन्तराष्ट्रिय बुद्धीचाल प्रतियोगितामा पनि त्यत्तिकै उत्कृष्ट प्रदर्शन गरिरहेका छन् । पछिल्लो समय बेजोड फर्ममा रहेका रुपेस जयसवाल सहित विवेक लामा र हिमाल लामाले पनि ६ चरणको समाप्तीमा पाच अंक जोडेका छन् । अपराजित रहेका रुपेसले ग्रान्डमास्टर जिआउर रहमान र फीडे मास्टर हसन मेहन्दीसंग बराबरी गरेका हुन् । रुपेसको यो लगातार तेस्रो उत्कृष्ट प्रदर्शन हो । यस अघि उनले झापामा भएको ध्रुब तारा कप र काठमाडौमा भएको चेस मास्टर राउन्डरोबीन प्रतियोगितामा पनि सानदार प्रदर्शन गरेका थिए । उनी सबैभन्दा कम उमेरमा शिर्ष बरियताका नेपाली खेलाडी हुने लगभग निश्चित झै भएको छ ।
यसैगरी एसियन युथमा छैटौ स्थान पाएका तथा दिल्लीमा भएको पाश्र्वनाथ चेस च्याम्पियनसीपमा बेजोड प्रदर्शन गरेका विवेक लामा हसन मेहन्दीसंग पराजित भए पनि अन्य पाच खेलमा जित हात पार्न सफल भएका हुन् । यसैगरी दिल्लीमा राम्रो प्रदर्शन गरेका हिमाल लामाले आइएम अफुसफियन सकिलसंग पराजित भए पनि अनइ पाच खेलमा जित हात पारेका हुन् ।

Comment