हिसान कप चेस सुरु

दोस्रो हिसान कप राष्ट्रिय बुद्धीचाल प्रतियोगिता बुधबार सुरु भयो । प्रतियोगितामा १५३ जना खेलाडीको सहभागिता रहेको छ । प्रतियोगिताको  राष्ट्रिय च्याम्पियन केशब श्रेष्ठ र नेपाल ओलम्पिक कमिटीका सदस्य पुरेन्द्र लाखेले उद्घाटन गरे । सो अबसरमा लाखेले बुद्धीचाल सहज र सबैको पहुचमा पुग्ने खेल भएका कारण यस खेलसंग सरोकार राख्ने पनि राष्ट्रिय खेलको लबींगमा लाग्दा अन्यथा नहुने धारणा ब्यक्त गरे । गोल्डेनगेट चेस क्लबका अध्यक्ष मोनालीसा खुम्बुले पनि मन्तब्य ब्यक्त गरेकी थिइन् ।
स्वीस लिगको आधारमा प्रतियोगिता सात चरणको हुने आयोजक कमिटीका प्रमुख ऐसास खुम्बुले बताए । शिर्ष बरियताका सिसिआरसीका राज प्रजापती र केएमसीका सुरज लोहनीले विजसी सुरुवात गरेका छन् ।

Comment