विनीता र चन्द्रलाई सञ्जय स्मृति प्रतिष्ठान सम्मान

राष्ट्रिय भलिबल टिमका पूर्व खेलाडी विनीता बुढाथोकी र चन्द्र बहादुर कुँवर सञ्जय स्मृति प्रतिष्ठानबाट सम्मानित भएका छन् । बिहीबार काठमाडौँमा एक कार्यक्रमको आयोजना गरेर प्रतिष्ठानले राष्ट्रिय महिला टिमकी पूर्व कप्तान बुढाथोकी र कुँवरलाई नगद सहित सम्मान गरेको हो ।
बुढाथोकी विभागीय टिम एपीएफ र कुँवर नेपाल पुलिस क्लबमा आबद्ध छन् । राष्ट्रिय टिम र क्लबको माध्यमबाट भलिबल क्षेत्रमा विशेष योगदान पुर्‍याएको भन्दै प्रतिष्ठानले दुई खेलाडीलाई सम्मान गरेको हो । राष्ट्रिय खेलकुद परिषद् र प्रतिष्ठान अध्यक्ष निरोज मास्केले दुवै खेलाडीलाई जनही ३० हजार रुपैयाँ सहित सम्मान गरेका थिए ।


प्रतिष्ठानले प्रत्येक दुई वर्षमा भलिबल खेलाडीलाई सम्मान गर्दै आएको छ । अघिल्लो संस्करणमा प्रतिष्ठानले मञ्जु गुरुङ र सञ्जय अर्याललाई सम्मान गरेको थियो ।
अध्यक्ष निरोज मास्केले खेलकुदमा गर्दै आएको सहयोगलाई आगामी दिनमा समेत निरन्तरता दिने बताइन् । उनले भलिबलको विकासमा प्रतिष्ठानले सक्दो सहयोग गर्ने प्रतिबद्धता समेत जनाइन् ।
प्र कार्यक्रममा १३ औ दक्षिण एसियाली खेलकुद ९साग० मा ऐतिहासिक रजत पदक विजेता राष्ट्रिय महिला भलिबल टिम र सागमा सहभागी राष्ट्रिय पुरुष भलिबल टिमलाई प्रतिष्ठानका तर्फबाट मायाको चिनो प्रदान गरिएको थियो ।

Comment