एपीएफ च्याम्पियनसिप चैतमा

नेसनल सोतो कराँते डो सङ्घ एसोसिएसन र सशस्त्र प्रहरीको आयोजनामा आगामी चैत महिनाको ६ र ७ गते दोस्रो एपीएफ अन्तर्राष्ट्रिय ओपन कराँते च्याम्पियनसिप आयोजना हुने भएको छ । सङ्घको बुधवार बसेको कार्य समितिको बैठकले मिति तय गरेको हो ।
दुई दिने सो प्रतियोगितामा नेपाल सहित भारत, श्रीलङ्का,बङ्गलादेश,पाकिस्तान, भुटान,इरान र युएईको टोली सहभागी हुने छन् । नेपालबाट आयोजक टोली र राष्ट्रिय टोलीको सहभागिता रहने छ । प्रतियोगितामा डब्लुकेएफका अफीसीयल इभेन्ट समावेश रहेको प्रतियोगितामा कुल ४१४ खेलाडीको सहभागिता रहने जनाइएको छ ।
प्रतियोगिताको कुल लागत ६६ लाख ६९ हजार रुपैयाँ रहेको आयोजक कमिटीका संयोजक तथा एसोसिएसनका महासचिव सुरज अधिकारीले जानकारी दिए । प्रतियोगितामा उपाधि धारी टोलीले ५ लाख रुपैयाँ , उप विजयी टोलीले ३ लाख रुपैयाँ तथा तेस्रो हुने टोलीले २ लाख रुपैयाँ पाउने छन् । कार्यक्रम सशस्त्र प्रहरी बलको खेल परिसर हल चोकमा आयोजना हुने छ ।

Comment