पदक विजेता सम्मानित

आईडब्लुएफएन कराँते डो सङ्घले अन्तर्राष्ट्रिय खेलाडीहरूलाई सम्मान गरेको छ। भारतको हरियाणा पानी पथ राज्यमा गत मङ्सिर १३ देखि १५ सम्म भएको वादो कप अन्तर्राष्ट्रिय कराँते प्रतियोगिता २०१९ मा भाग लिई स्वर्ण, रजत र कास्य पदक प्राप्त गर्ने २६ नेपाली खेलाडीलाई एक कार्यक्रमबिच सम्मान गरेको हो।

सङ्घले खेलाडीका साथै टिम प्रशिक्षकहरूलाई समेत सम्मान गरेको आईडब्लुएफएन कराँते डो का प्रमुख प्रशिक्षक एवं अन्तर्राष्ट्रिय रेफ्री बुद्धराज नेगीले बताए। कार्यक्रममा बाग्मती प्रदेशका प्रदेश सांसद एवम् सङ्घका अध्यक्ष लक्ष्मण लम्साल, नेपाल कराँते महासङ्घका उपाध्यक्ष पुरेन्द्रविक्रम लाखे, प्रमुख प्रशिक्षक मदन उप्रेतीलगायतको उपस्थिति रहेको थियो।

Comment