आर्मीको अग्रता यथावत


नवयुग श्रेष्ठको दुई गोलको सहयोगमा नेपाल पुलिस क्लबलाई ४–२ ले हराउँदै नेपाल आर्मी क्लबले कतार एयरवेज सहिद स्मारक लिग फुटबलमा एक अङ्कको अग्रता यथावत राखेको छ । तीन खेल बाँकी रहँदा आर्मीको २३ तथा दोस्रो स्थानमा रहेको मच्छिन्द्र क्लबको २२ अङ्क छ । एक खेल कम खेलेको एमएमसीको १९ अङ्क तथा चौथो स्थानमा रहेको थ्रीस्टारको १७ अङ्क छ ।
पुलिससँगको खेलमा सुमन अर्याल र सुदिल राईले आर्मीका लागि थप गोल गरे । पुलिसका बुद्ध बल तामाङ र मन बहादुर परिहारले गोल गरे । आइतबारको अर्को खेलमा सङ्कटा क्लबले हिमालयन शेर्पा क्लबलाई १–० ले हरायो । सङ्कटाका अजायी मार्टिन्सले गोल गरे ।

Comment