आयोजक सेन्ट जेभियर्सलाई उपाधि

आठौँ फादर एलेन स्टार सेभेन ए साइड छात्रा फुटबल प्रतियोगिताको उपाधि आयोजक सेन्ट जेभियर्स स्कुल गोदावरीको निलो टोलीले जितेको छ । उपाधि हात पार्ने क्रममा आयोजक टोलीले फाइनलमा सेन्ट जेभियर्स जावलाखेललाई टाइब्रेकरमा ३–२ ले हरायो ।
प्रतियोगितामा आठ विद्यालयका प्राथमिक तहका टोली सहभागी थिए । प्रतियोगितामा सहभागी टोलीमा छन्ताल माउदित एकेडेमी,क्रेसेन्ट एकेडेमी,डल्फिन सेकेन्डेकी स्कुल,काठमाडौँ विश्वविद्यालय हाइ स्कुल,माया युनिभर्स एकेडेमी,सेन्ट जेभियर्स गोदावरीका दुई टोली तथा जावलाखेलका एक टोली सहभागी थिए ।

Comment