नेपाली टोली फाइनलमा
Manoj Shiama
2 February, 2020 7:54 pm

भारतको गुहावटीमा जारी अन्तर्राष्ट्रिय भेट्रान फुटबल प्रतियोगितामा नेपाली टोली सिएमजी क्लब फाइनल प्रवेश गरेको छ । आइतबार भएको सेमिफाइनलमा नेपाली टोलीले दिल्ली सनडे क्लबलाई टाइब्रेकरमा ४–३ ले पराजित गरेको हो । यी दुई बिचको खेलमा निर्धारित समय गोल रहित बराबरीमा सकिएको थियो ।