ज्ञानकृष्ण प्रदेश बुद्धिचालका अध्यक्ष

मकवानपुरका ज्ञानकृष्ण प्रजापतिको नेतृत्वमा नेपाल बुद्धिचाल सङ्घ प्रदेश नं ३ गठन भएको छ । सो सङ्घमा भक्तपुरका राजेश कक्षपती उपाध्यक्ष तथा काठमाडौँका सुरवीर लामा सचिव रहेका छन् । यसै गरी, मकवानपुरका नरेन्द्र भण्डारी कोषाध्यक्ष रहेको सङ्घका दोलखाका उत्तम ढुङ्गेल,काभ्रेका सुनिल राज शाक्य र चितवनका मोहन श्रेष्ठ सदस्य छन् । धादिङकी सम्झना रिजाल र ललितपुरका रश्मा महर्जन महिला सदस्य छन् ।

Comment