भेट्रान फुटबल टोली भारत प्रस्थान
Manoj Shiama
30 January, 2020 8:21 am

छैटौँ अन्तर्राष्ट्रिय भेट्रान फुटबल च्याम्पियनसिपमा सहभागी हुन १८ खेलाडीसहित २० सदस्यीय सीएमजि क्लबको टोली बुधवार भारतको गुवाहटी प्रस्थान गरेको छ ।
खेलाडीहरूमा बाल गोपाल महर्जन कप्तान, राकेश श्रेष्ठ, राजकुमार केसी, जिवेश पाण्डे, राजुसिंह महर्जन, सनोज श्रेष्ठ, सरोज थापा, सञ्जय राना मगर, प्रदीप महर्जन, नरेश श्रेष्ठ, सृजित केसी, विजय श्रेष्ठ, पाण्डव खाती, दीपक लामा, छन्नुराम चौधरी, नरेन्द्र लिम्बू, भूपेन्द्र लिम्बू र सन्तोष बस्नेत रहेका छन् ।
प्रशिक्षकमा राजेश मानन्धर तथा व्यवस्थापकमा जयकृष्ण श्रेष्ठ छन् । टोलीलाई ए डिभिजन लिग समितिका संयोजक विज्ञानराज शर्मा, सीएमजी क्लबका निर्देशक नरेन्द्र शाह र अखिल नेपाल फुटबल सङ्घका उपाध्यक्ष उपेन्द्रमान सिंहले टोलीलाई बिदाइ गरे । प्रतियोगिता बिहीबारदेखि सुरु हुँदै छ ।