कानाजावा कप अन्तर्राष्ट्रिय कराँते शनिवारदेखि

नेपाल सोतो कान कराँते सङ्घ (एसकेआईएफ) को आयोजनामा १२ औँ कानाजावा कप अन्तर्राष्ट्रिय कराँते प्रतियोगिता शनिवारदेखि हुने भएको छ ।
प्रतियोगितामा कुमुते र काता गरी जम्मा ३२ स्वर्णका लागि प्रतिस्पर्धा हुने शुक्रवार आयोजित पत्रकार सम्मेलनमा आयोजक सङ्घका अध्यक्ष नरेशप्रसाद श्रेष्ठले जानकारी गराए । नेपाल, भारत, पाकिस्तानलगायत राष्ट्रका करिब २ सय खेलाडी सहभागी हुने आयोजक सङ्घका उपाध्यक्ष एवं प्रमुख प्रशिक्षक निवास गोपाल वैद्यले जानकारी दिए ।
प्रतियोगिता सञ्चालन गर्न करिब ४ लाख ६० हजार रुपैयाँ खर्च हुने आयोजक सङ्घका महासचिव दिलेन्द्रगोविन्द वैद्यले बताए । दुई दिने प्रतियोगिताका खेलहरू सातदोबाटो स्थित अन्तर्राष्ट्रिय खेलकुद परिसर हातामा रहेको कराँते एकेडेमीको हलमा खेलाइने छ ।

Comment