चेस खेलाडी वंगलादेशतर्फ

chess youth team

वंगलादेश चेस एशोसिएशनको” आयोजनामा यही फाल्गुन २ गतेदेखि ७ गतेसम्म हुने शेख मुनी अन्तरराष्ट्रिय बुद्धिचाल प्रतियोगितामा सहभागिता हुन नेपाल बुद्धिचाल संघका अधक्ष्य राजेशहरी जोशीको नेतृत्वमा युवा खेलाडीहरु विवेक थिंग, हिमाल लामा र रुपेश जैशवाल शुक्रबार वंगलादेश प्रस्थान गरेका छन् । कूल २ लाख नगद पुरस्कार रहेको प्रतियोगितामा नेपाल वंगलादेश, भारत र मालदिभ्सका खेलाडीहरुको सहभागिता रहनेछ ।
प्रतियोगितामा सहभागि हुने विवेक लामा उच्च फर्ममा रहेका छन् । उनले गत महिनाा सम्पन्न दिल्ली ओपनमा सानदार प्रदर्शन गरेका थिए । त्यसै प्रतियोगिातमा हिमालले पनि स्तरीय प्रदर्शन गरेका थिए । सहभागि हुने अर्का खेलाडी रुपेस जयसवालले झापामा सम्पन्न ध्रुबतारा कप र काठमाडौमा भएको चेस मास्टर्स राउन्डरोबीनमा स्तरीय प्रदर्शन गरेका थिए ।

Comment