कराँते टोली भारत प्रस्थान

अन्तर्राष्ट्रिय कराँते च्याम्पियनसिपमा सहभागी हुन २३ खेलाडीसहित २९ सदस्यीय नेपाली टोली आइतबार भारतको बैंगलुरु प्रस्थान गरेको छ ।
उक्त प्रतियोगितामा सविन तामाङ, युवराज तामाङ, सशिम तामाङ, हेमराज थापा, राजकुमार श्रेष्ठ, विकास तामाङ, ङिमा नाम्गेल तामाङ, रोशन भुजेल, पतिव भण्डारी, आशा तामाङ, प्रमीला तामाङ, दीक्षा श्रेष्ठ, श्याम तामाङ, सजना माझी, विशाल केसी, सोनाम तामाङ, तारा तामाङ, पविना सुवेदी, रोशन खाती, सञ्जीव तामाङ, विश्वास हायु, अर्यान भण्डारी र दिनेश भण्डारीले प्रतिस्पर्धा गर्ने छन् ।
टोली प्रमुखमा गुर्मी शेर्पा, व्यवस्थापकमा प्रकाश श्रेष्ठ, प्रशिक्षकमा छोनाम लामा, निर्णायकमा शुक्रबहादुर माझी तथा अफिसियलमा बुद्धिमाया लामा र पातली तामाङ रहेका छन् । प्रतियोगिता माघ ४ र ५ गते हुने छ ।
टोलीलाई नेपाल खेलाडी तथा प्रशिक्षक सङ्घका अध्यक्ष महेश महर्जन, सचिव सरोजकुमार मुल्मी लगायतले आइतबारै एक कार्यक्रमबिच बिदाइ गरे । सोही अवसरमा जनवरी १९ तारिखमा हुने अन्तर्राष्ट्रिय कराँते प्रतियोगितामा निर्णायकको भूमिकामा भारतको मुम्बई जान लागेका सुरेन्द्र श्रेष्ठलाई पनि बिदाइ गरिएको थियो । श्रेष्ठ माघ १ गते मुम्बई जाँदै छन् ।

Comment