अनु र सुनिता सम्मानित

सर्व शक्ति बचत तथा ऋण सहकारी संस्था लिमिटेडले १३ औँ दक्षिण एसियाली खेलकुद ९साग० अन्तर्गत करातेका स्वर्ण विजेता द्वय अनु अधिकारी र सुनिता महर्जनलाई नगदसहित सम्मान गरेको छ । सर्व शक्तिको पाँचौँ वार्षिक साधारण सभाका अवसरमा दुवैलाई सम्मान गरिएको हो ।
नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी सङ्घ लिमिटेडका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकाल, सर्व शक्तिका अध्यक्ष सुरेन्द्र महर्जन र सर्व शक्तिका सचिव दिलबहादुर बुढाथोकीले उनीहरूलाई नगद र प्रशंसा पत्र प्रदान गरी सम्मान गरे । सोही अवसरमा एकेएफ परीक्षाको जज ‘ए’ श्रेणीमा उत्तीर्ण हुन सफल महेश महर्जनलाई पनि नगद र प्रशंसा पत्रबाट सम्मान गरिएको थियो ।

Comment