छैटौं सगरमाथा अन्तराष्ट्रीय कराते आइतबार देखि

नेपाल सितोरियो कराते संघ,शाखा डोजो नक्सालको २१औ बार्षिक उत्सवको अवशरमा आयोजित छैटौं सगरमाथा अन्तराष्ट्रिय प्रतियोगिता  आइतबार शुरु हुनेभएको छ । नेपाल सहित भारत,बंगलादेश , पाकिस्तान र श्रीलंकाको सहभागि रहेको उक्त प्रतियोगिताको उदघाटन पुर्ब बाणिज्य तथा आपुर्ति मन्त्री गणेशमान पुनले गर्ने छन् । प्रतियोगितामा पुरुष तर्फ २२ र महिला तर्फ १९ ईभेन्टस् गरी कुल ४१ स्वर्णका निम्ति प्रतिस्पर्धा हुने कार्यक्रम संयोजक एबम नक्सालका अध्यक्ष गजेन्द्र बहादुर खपाङ्गी  ‘ईश्वर’ले जानकारी गराए । दुई दिन सम्म निरन्तर चल्ने उक्त प्रतियोगिता नक्साल नारायणचौर स्थित स्टार भेन्यु पार्टी प्यालेशमा सन्चालन हुनेछ ।

Comment