बङ्गलादेशमा नेपाली खेलाडीलाई सफलता


गत २१ र २२ डिसेम्बरमा बङ्गलादेशमा भएको अन्तर्राष्ट्रिय कराँते प्रतियोगितामा नेपालले उत्कृष्ट प्रदर्शन गरेको छ । नेपाली टोलीका बलराम मित्रले दिएको जानकारी अनुसार ८ देखि नौ वर्षको उमेर समूहको कुमुतेमा निजरा गुरुङ,१२ र १३ वर्ष उमेर समूहको काता र कुमुतेमा डेनिसा लामा,जुनियर काता र कुमुतेमा अनीश गिरि र सिनियर ६१ किलोमा मनीषा काकीले स्वर्ण पदक जिते ।
यसै गरी, १२ र १३ वर्ष उमेर समूहमा रोजन श्रेष्ठले रजत पदक जिते ।

Comment