एसकेडियुएनको रुपन्देही संघ गठन

नेपाल सोतोकान कराते डो संघ (एसकेडियुएन)को रुपन्देही संघको अध्यक्षमा रोशन मगर चयन भएका छन् । प्रमुख अतिथी संघका केन्द्रिय कोषाध्यक्ष एवं बरिष्ठ प्रशिक्षक गोविन्द श्रेष्ठ र रुपन्देही जिल्ला खेलकुद विकास समितिका प्रतिनिधीको रोहवरमा सम्पन्न जिल्ला भेलाले जिल्ला संघको उपाध्यक्षमा सुनिल गुरुङ, सचिवमा यम बराल र कोषाध्यक्षमा सुनिल शाक्य चयन भएकाछन् ।
यस्तै सदस्यहरुमा आकाश गुरुङ, जीवन गौतम र संतोष गोतामे रहेकाछन् । कार्यसमितिको पहिलो बैठकले संघको सल्लाहकारमा राजु गुरुङलाई नियुक्त गरेकोछ ।

Comment