पुष्पाले जितिन् रजत पदक

१३ औ साग अन्तरगतत महिला म्याराथनमा श्रीलंकाले विजयारत्नेले निर्धारित दुरी २ घण्टा ४१ मिनेट २४ सेकेण्डमा पूरा गर्दा रजत विजेता नेपालकी पुष्पा भण्डारी र कास्य विजेता भारतकी ज्योती ग्वाटेले क्रमश २ घण्टा ५० मिनेट ११ सेकेण्ड र २ घण्टा ५२ मिनेट ४४ सेकेण्डमा पूरा गरिन् ।

त्यस्तै पुरुष ८ सय मिटर दौडमा श्रीलंकाकी इन्धुनिल मधुसाले निर्धारित दुरी १ मिनेट ५०.५२ सेकेण्डमा पूरा गर्दै स्वर्ण जित्दा भारतका मोहम्द अफसल र नेपालका सोमबाहादुर कुमालले क्रमश निर्धारित दुरी १ मिनेट ५१.२५ सेकेण्ड र १ मिनेट ५१.५१ सेकेण्डमा पूरा गर्दै रजत र कास्य जिते ।

म्हिला ८ सय मिटर दौडमा श्रीलंकाकी दिलासी महिसाले स्वर्ण जित्दा श्रीलंकाकै गुणथिलका थाउले रजत र भारतकी लिली दासले कास्य जितिन् ।महिसाले दौड पूरा गर्न २ मिनेट ६.१८ सेकेण्ड खर्चदा थाउले २ मिनेट ८.१८ सेकेण्ड र दासले २ मिनेट ८.९७ सेकेण्ड खर्चिए ।२ मिनेट १२.६७ सेकेण्डमा दौड पूरा गरेकी नेपालकी सरस्वती भट्टराई चौथो स्थानमा रहिन् ।

Comment