एथलेटिक्समा नेपालका गोपीचन्द्रलाई स्वर्ण पदक, हरिलाई काश्य


१३ औ सागमा एथलेटिक्समा नेपालले दुई स्वर्ण पदक जितेको छ । शुक्रबार भएको पुरुष ५ हजार मिटर दौडमा नेपालका गोपीचन्द्र पार्कीले स्वर्ण पदक जिते । उनले १४ मिनेट ५४.२० सेकेन्डमा रेस पुरा गरे । सो स्पर्धामा भारतका सुनिल दावरले १४ मिनेट ५५.२१ सेकेन्डमा रेस पुरा गर्दै दोश्रो स्थान पाए । यसैगरी, नेपालका हरि रिमालले १४ मिनेट ५७.०५ सेकेन्डमा रेस पुरा गर्दै काश्य पदक जिते ।

Comment