टेबल टेनिसमा नेपाललाई थप दुई पदक, सागमा छाए स्यान्टु

१३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तरगत टेबल टेनिसमा नेपालले थप दुई पदक जितेको छ ।
बुधबार लैनचौरस्थितमा भएको खेलमा नेपालले दुई कास्य पदक हात पारेको हो ।
नेपालले मेन्स डबल्स र मिक्स डबल्समा गरि दुई कास्य पदक हात पारेको हो । मेन्स डबल्समा स्यान्टु श्रेष्ठ र विनेस खनियाको जोडिले जितेका हुन् भने मिक्स डबल्समा चर्चित जोडी स्यान्टु श्रेष्ठ र नविता श्रेष्ठले पदक जिते । यस अघि पदक विजेता नेपाली टोलीमा पनि स्यान्टु थिए । स्यान्टु नविताकै शिष्य पनि हुन् ।
मेन्स डबल्समा नेपाली टोली सेमिफाइनलमा भारतसँग ४–० को सेटमा पराजित हुँदा कास्यमा सिमित भयो ।
यस्तै, मिक्स डबल्समा पनि नेपाली टोली ४–२ को सेटमा भारतसँग पराजित भएको थियो । वुमन्स डबल्समा भने नेपाली टोलीले पदक हात पार्न सकेन ।
मेन्स डबल्सको स्वर्ण र रजत भारतले जित्यो भने श्रीलंका र नेपालले कास्य । यस्तै, वुमन्स डबल्समा भारतले स्वर्ण र रजत पदक हात पारे भने श्रीलंका र बंगलादेशले कास्य पदक हात पारे ।
मिस्क डबल्समा भने पनि भारतले नै स्वर्ण र रजत हात पारे भने नेपाल र श्रीलंकाले कास्य पदक प्राप्त गरे ।

Comment