काठमाडौंमा अन्तर्राष्ट्रिय स्पोर्टस फिल्म महोत्वस हुंदै

?????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????

नेपाल स्पोर्ट्स फाउन्डेसनको आयोजनामा यहि फेबु्रउरी २७ र २८ तारिख ( फागुन १५ र १६ गते)नेपालमा पहिलो पटक नेपाल इटरनेसनल स्पोट्स फिल्म फेस्टिभल २०१५ को आयोजना हुने  भएको छ । महोत्सवमा नेपालका ६ र अन्तर्राष्ट्रिय ११ गरी कुल १७ वटा फिल्महरु देखाइने बुधवार आयोजित पत्रकार सम्मेलनमा आयोजक फाउन्डेसनका महासचिव टीएस ठकुरीले जानकारी दिएका छन् ।
महोत्सवलाई अन्तर्राष्ट्रिय सिनेमा, टेलिभिजन, खेलकुद महासंघ (एफआइसीटिएस) ले स्विकृती दिएको आयोजकले जनाएको छ । एफआइसीटिएस इटालीमा रहेको स्पोर्ट्स फिल्म फेस्टिभलको विश्वब्यापी संगठन हो । यो सस्थाले १६ भन्दा वढी मुलुकमा स्पोट्स फिल्मको आयोजना गर्दछ । र विश्वका ११३ राष्ट्रहरु यसका सदस्य हुन् । यो संस्था अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीबाट मान्यताप्राप्त छ । नेपाललाई ११ फिल्महरु एफआइसीटीएसले नै उपलब्ध गराएको हो । त्यसमा विश्व खेलकुदमा राम्रा फिल्महरु रहेको जनाइएको छ ।
महोत्सव नेपाल पर्यटन बोर्डमा प्रदर्शन गरिने छ । आयोजकले जनाए अनुसार पहिलो आयोजना भएकोले महोत्सवमा देखाइने फिल्महरु विच प्रतिस्पर्धा गराइएको छैन ।
महोत्वसका निर्देशक निरञ्जन राजवंशीले नेपाली खेलकुदलाई फिल्मसंग गाभेर नेपाली खेलकुद र खेलाडीको विकासमा टेवा पु¥याउने उदेश्यले कार्यक्रमको आयोजना गरेको बताए ।   महोत्सवले पर्यटन र अन्य क्षेत्रकालाई जोड्ने फाउन्डेसनका  अध्यक्ष सुर्य थपलियाले बताए । पत्रकार सम्मेलनमा नेपाल पर्यटन बोर्डका मुख्य प्रायोजक मोडल ग्लोबल भिसा कन्सल्टेन्सीका निर्देशक मनोज पाण्डे, सुनकली फिल्मका निर्देशक भोजराज भाट लगायतले मन्तब्य दिएका थिए ।
फेस्टिभलको मुख्य प्रायोजकको रुपमा मोडल ग्लोबल भीसा कन्सल्टेन्ट रहेको छ भने यसलाई आइसफल एन्डभेन्चर्स, प्रैसियस टुर्स एन्ड ट्राभल्स, आरजे स्पोट्र्स, सुदुर पश्चिमाञ्चल एकेडेमी (एसपीए), बुद्ध एयर, पोखरा इको रेसोर्ट, डिजिटल टच क्रियसनले सहयोग गरेका छन् । नेपाल पर्यटन बोर्डले यो कार्यक्रमलाई प्रवद्र्धन गरेको छ ।
फेस्टीबलमा नेपाली फिल्महरु हरिबहादुर ( गिनिज बुक अफ वल्र्ड रेकर्डधारी धावकको जीवनीमा आधारित),
सुनकली ( डोल्पाका महिला खेलाडीले जितेको फुटबल कथा) वियोन्ड द बाउन्ड्री ( क्रिकेटर शरद भेषावकर र राहुक विकको संघर्ष कथा) र वल्र्डकप इन नेपाल( नेपालले विश्वकप खेल्ने सपना बुनिएको नेपाली फुटबलको कथा ) रहेका छन् । यसैगरी, टिम नेपाल ( वीरगंजको एउटा फुटबल टोलीले रक्सौलमा गएर खेलेको फुटबलको कथा ) पनि समाबेश गरिएको छ ।

Comment