तेश्रो समृद्ध रुकुम चेस डिसेम्बरमा

तेश्रो समृद्ध रुकुम फीडे रेटिङ चेस प्रतियोगिता २४ देखि २८ डिसेम्बर रुकुम पूर्वमा हुने भएको छ । प्रतियोगिताको कुल पुरस्कार राशी ३ लाख ३ हजार रुपैया रहेको छ । प्रतियोगिताको उपाधि विजेताले ५० हजार, उपविजयीले ३० हजार तथा तेश्रो स्थान पाउने खेलाडीले २० हजार रुपैया पुरस्कार पाउने छन् । चौथो हुनेले १६ हजार, पाचौ हुनेले १५ हजार, छैटौ हुनेले १४ हजार, सातौ हुनेले १३ हजार, आठौ हुनेले १२ हजार, नवौ हुनेले ११ हजार तथा दशौ हुनेले ११ हजार रुपैया पुरस्कार पाउने छन् ।
महिला तर्फ शिर्ष स्थान पाउनेले ८ हजार, ६ हजार तथा ४ हजार रुपैया पुरस्कार पाउने छन् । प्रदेश ५का शिर्ष दुइ खेलाडीले ८ हजार र ६ हजार रुपैया पुरस्कार पाउने छन् । उत्कृष्ट स्थानीयले ८ हजार तथा उत्कृष्ट भेट्रान तथा अन रेटेडले पनि ८ हजार रुपैया पुरस्कार पाउने छन् । अन्य रेटिङ क्याटोगोरीमा उत्कृष्ट हुनेले पनि ८ हजार रुपैया पुरस्कार पाउने छन् ।

Comment