संजयलाई ‘द याक माउण्टेन गियर’ को ब्राण्ड साथ

9(2)edited
लामो दुरीका अल्ट्रा म्याराथुन धावक एवं किर्तिमानी विश्व पर्वातारोही संजय पण्डितलाई नेपालमा बनेको विश्व स्तरीय हिमाली कपडा द याक माउण्टेन गियरले प्रायोजन गर्ने भएको छ । दक्षिण अमेरिकाको सर्वोच्च शिखर माउण्ट अकांगुवा आरोहण गर्ने शिलशिलामा रहेका पण्डितलाई करिब १ लाख ७५ हजार बराबरका आरोहण सम्बन्धी हिमाली कपडा प्रदान गरिएको हो । डाउन ज्याकेट, डाउन सुट, झोला तथा अन्य आरोहणमा लाग्ने अत्यावश्यक गियरहरुलाई द याक माउण्टेन गियरका प्रबन्ध निर्देशक तासी लाक्पा शेर्पाले आज काठमाडौंमा आयोजित कार्यक्रममा हस्तान्तरण गरेका हुन् ।
पण्डित जस्तो युवा खेलाडी तथा विश्वका सातै महादेशका सातै उच्च हिमश्रृखंलाको आरोहणमा रहेका पण्डितलाई सहयोग गर्न पाउँदा आफु अत्यन्त गौरावन्धित भएको शेर्पाले जानकारी दिए । पण्डितले यस अघि चार महादेशका एसिया, अफ्रिका, यूरोप तथा अष्ट्रेलियाको उच्च शिखरको किर्तिमानी आरोहण सम्पन्न गरिसकेका छन् । उनी केही दिन पछि अर्जेन्टिनाको आकंगुवा जाने तयारीमा रहेका छन् ।

Comment