पुरुषोत्तमलाई उपाधि

राष्ट्रिय च्याम्पियन समेत रहेका पुरुषोत्तम चौलागाई नमुना बौद्ध मास्टर्स चेस प्रतियोगिताको उपाधि जित्न सफल भएका छन् । उनले नौ चरणको खेलमा ७.५ अङ्क प्राप्त गरे । यसै गरी, ७ अङ्क जोडेका भूपेन्द्र निरौला दोस्रो भए । समान ७ अङ्क भएका सुरवीर लामा तेस्रो भए ।

Comment